Sale!

करोडौं कस्तूरी [Karodaun Kasturi] Amar Neupane , अमर न्यौपाने

$9.99

Category:

Description

”करोडौं कस्तुरी” एउटा मानिसको मात्र नभएर सम्पूर्ण बिधार्थीहरुको जीवन कथा हो । बहुमुखी प्रतिभाका धनी बहुचर्चित कलाकार हरिवँश आचार्य कलाकार हुन नपाएका भए के हुनथे होलान् ? यदि उनले पढाइ नछोडेका भए उनी अहिले कहाँ हुन्थे होलान् ? बास्तबिक `चिना हराएको मान्छे´ कस्तो लेखिन्थ्यो होला ? यही कुरालाई विषयबस्तु बनाएर लेखिएको छ “करोडौं कस्तुरी” ।

अहिलेको हामो शिक्षा प्रणालीले जुन बिधार्थिको भित्री प्रतिभालाई दबाउने काम गरिरहेको छ त्यसलाई सटीक ढङगले देखाइएको छ “करोडौं कस्तुरी” मा । आफू भित्रको अबोध कलाकारलाई दबाएर जब उनी खोलाको बाटो छोडेर नहरको बाटो हिड्न थाले उनको जीवननै मोड्डिन पुग्यो । कलाकार हरिवँश आचार्य बेकार हरिवँश आचार्य बन्न पुगे । आफ्नो कलाकार बन्ने ईच्छालाई मारेर बुवाको डाक्टर बनाउने इच्छालाई पूरा गर्न तिर उनी लाग्दा उन्ले आफ्नो जिवनको सार नै गुमाउन पुगे । उनी न त कलाकारनै बने नत डाक्टरनै । उनी त कस्तुरी हुन पुगे जस्ले आफ्नो सुगन्ध कहिलै थहा पाएनन् ।

मित्रता, प्रेम, इच्छा, हास्य र दुख सबै मिसिएको यो उपन्यास एकदमै उत्कृष्ट रहेको छ । लेखक “अमर न्योैपाने” द्वारा उत्कृष्ट ढंगबाट रचित उपन्यास “करोडौं कस्तुरी” ले आफ्नो सपना र इच्छाको पछि लाग्न प्रेरित गर्दछ ।

Reviews

There are no reviews yet.

Be the first to review “करोडौं कस्तूरी [Karodaun Kasturi] Amar Neupane , अमर न्यौपाने”

Your email address will not be published. Required fields are marked *

Add to cart